सूर्यमान सिंह कार्कीले प्रयोग गरेको घ्याम्पा

यो घ्याम्पा भक्तपुर देखि सूर्य सूर्यमान सिंह कार्कीले भोजपुर पैयापानी लगेका थिए। त्यस घ्याम्पामा भोजपुर टक्करमा टकमारी भएको डोली पैसा एकलाख जम्मा भएको थियो रे। एक दिन भरिएको घ्याम्पाको पैसा मान्द्रामा खन्याएर यो पैसाको के गरौं आमा भनी सोध्दा आमाले दरवार मा जस्तै तोला दान धान्यपर्व गर्नु भन्नू भये छ । आफ्नी आमाको आज्ञानुसार उहाँले तोला दान धान्यपर्व र पुराण लागिउनु भएको थियो। अहिलेसम्मको जानकारी अनुसार सहायद इन्द्रावती पूर्वी नेपालमा यस्तो धार्मिक कार्य गर्ने व्यक्तिको रूपमा उहाँ लिन सकिन्छ।

यो ऐतिहासिक भाँडो भोजपुर जिल्लाको डंकेदावां सिद्धेश्वरमा स्व कृष्ण बहादुर कार्की(सूर्यमान सिंह कार्की) नाती का घरमा २०७५ चैत्र १६ गते लामाकार्की वंशावली तयारीका सिलसिलामा दावां डंकेमा राजेन्द्रकुमार कार्की ,चण्डी कार्की, महेन्द्रराज कार्की र स. इ दानबहादुर कार्कीको पहलमा आफ्नो मुल घरमा (बिष्णु ब कार्कीको घरमा )रहेको ध्यापा हेर्न र फोटो लिने अवसर मिल्यो।

यो व्यापार वि सं १८९० को दशकको हुन सक्छ। यो ध्यापा भक्तपुरमा बनको र भोजपुर पैयापानी सूर्यमान सिंह कार्कीले लिएर जानु भएको भन्ने वैदेशिक रोजगारमा शौदीमा रहनु भएका विष्णु बहादुर उर्फ शम्भु कार्कीले आज मिति २०७६ चैत्र १७ गते १५.४५ बजे फोनबाट जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ