सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा कोरोनाका पिडितलाई राहत -: २०७७/०१/०३

मिति २०७७ वैशाख ४ गते बिहिबार स्थान सुमार्गी भवन पशुपति”राहत हस्तान्तरण कार्यक्रमको झलक”सूर्यमान सिंह कार्की प्रतिष्ठान,२०६२ काठमाडौंआज मिति २०७७ वैशाख ४गते(16th April,20)मा सूर्य सूर्यमान सिंह कार्की प्रतिष्ठानका कार्य समितिको कोषाध्यक्ष जनक कुमार कार्की सदस्य महेन्द्र कुमार कार्की र कार्की वेंक्वयट थापाथलीका संचालक दिलबहादुर कार्कीले राहातको लागि खाद्य सामग्री हस्तान्तरण गरिएको अवस्था।

“विश्वव्यापी रूपमा फैलिएको COVID 19 CORONA VIRUS” महामारीलाई नियन्त्रण गर्न गरिएको Lockdown ले गर्दा पिडामा परेकाहरूलाई केही राहत सामग्री सहयोग गर्ने उद्देश्य राखि सूर्यमान सिंह कार्की प्रतिष्ठानले सहयोगी दाताहरुद्वारा रकम संकलन गरिएको सर्वविदितै छ। संकलित रकम मध्येबाट सूर्यमान सिंह कार्की प्रतिष्ठानले खाद्य सामग्री पशुपति विकास कोषद्वारा खान समस्यामा परेका मान्छेहरूलाई दाताहरूको सहयोगमा दैनिक खाना खुवाउने प्रबन्ध सुमार्गी भवन पशुपतिमा गरेको मेसमा राहत सामग्री दिइने भएको छ । सोही प्रयोजनका लागि मिति २०७७ वैशाख ४( 16 Apri 2020) गते बिहिबार बिहान ९.३० बजे राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको यस प्रतिष्ठानका सहयोगी दाताहरुलाई जानकारीको लागि अनुरोध छ ।

प्रल्हाद बहादुर कार्की
अध्यक

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ