सूर्यमान सिंह कार्की प्रतिष्ठानको कोरोना राहत -:२०७७/१/२७, शनिबार

सूर्यमान सिंह कार्की प्रतिष्ठानबाट कोरोना भाइरस महामारीले पीडितलाई राहत वितरण सम्बन्धी कार्यको संक्षिप्त समीक्षात्मक जानकारी यस प्रकार रहेको छ-

१. मिति २०७७ /१ / ४ गते देखि हाल सम्म १० स्थानमा राहत वितरणको कार्य भैसकेको छ । जसमा खाद्या सामग्री तथा खाजाका सामान, ल्पास्टिक ल्पेट र ग्लास,औषधिहरू, दन्त मन्जन, नुहाउने साबुन, सर्फ, मच्छड भगाउने अल आउट सेट जस्ता सामग्री बितरण गरिएको छ ।

२.काठमाडौंका ७ स्थान, ललितपुरका २ स्थान र भक्तपुरकाे १ स्थानमा राहत वितरण कार्य गरिसकिएको छ ।

३. हालसम्म राहत पाएकहरुमा बाल बालिकाहरु, वृद्ध बृद्धाहरु, असहाय ब्यक्तिहरु, मानसिक रोगीहरु तथा अपाङ्ग बाल बालिकाहरु रहेका छ।

४. हाम्रो यस प्रयासमा देश तथा विदेशमा रहेका आफन्त बन्धु, दिदी बहिनी भान्जा भान्जी समेत हालसम्म ८२ जनाको सहयोगीबाट योगदान प्राप्त भएको छ ।

५. हाल सम्म बितरन गरिएको राहतबाट करिब ११०० जना लाभान्वित भएका छन।

६. वितरण प्रक्रियामा प्रतिष्ठानका विभिन्न पदाधिकारी र सदस्यका साथै कार्की ब्याङ्क्वेटका संचालक श्री दिल बहादुर कार्कीको सकृय सहभागिता रहेको छ।

७. लाभग्राहिको छनाैट गर्दा उपयुक्त ब्यक्ति वा समूहनै परोस् तथा सहयोगको अधिकतम उपयोग होस् भन्ने कुरामा अधिकतम ध्यान दिइएको छ।

८. २०७७ बैशाख २४ गते महेन्द्र कुमार कार्कीको निवास बतिसपुतलीमा प्रतिष्ठानको यस राहत कार्यमा संलग्न प्रतिष्ठानका अध्यक्ष प्रल्हादबहादुर कार्की एवं उपलब्ध पदाधिकारी राजेन्द्र कुमार कार्की, महेन्द्र कुमार कार्की, मोहन कुमार कार्की, चण्डी कुमार कार्की र जनक कुमार कार्कीको साथै श्रीमती इन्दिरा खड्का कार्की समेतको उपस्थितिमा हालसम्म भए गरेका कार्य समीक्षा गर्दै आगामी दिनको राहत वितरण योजनाका वारेमा बृहत छलफल गरियो ।

९. सबै सम्बद्ध ब्याक्तीहरुसंग यस प्रयासलाई अझ प्रभावकारी बनाउन रचनात्मक सुझावको अपेक्षा गर्दछौं ।

१०. हाम्रो प्रयासमा सहयोग पुर्याउने सबैलाई पुनः धन्यवाद ज्ञापन गर्न चाहन्छौं, प्रल्हादबहादुर कार्की, अध्यक्ष, सूर्यमान सिंह कार्की प्रतिष्ठान,२०६२ काठमाडौं

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ