सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा कोरोनाका पिडितलाई पाँचौं चरणको राहत -: २०७७/०१/१८

0
94652267_2797914293626057_965412294844481536_o

आज सूर्यमान सिंह कार्की प्रतिष्ठानबाट पाँचौ चरणको राहत सामग्री वितरण कार्यक्रम अन्तर्गत सूर्यमान सिंह कार्की प्रतिष्ठानका प्रतिनिधिहरू महेन्द्र कुमार कार्की, मोहन कुमार कार्की, चण्डी कुमार कार्की, दिलबहादुर कार्की र जनक कुमार कार्की द्वारा तपसिल बमोजिमका स्थानमा खाद्य तथा अन्य आवश्यक सामग्री वितरण / हस्तान्तरण गरियो-

१. काठमाडौं जिल्लाको कागेस्वरी मनोहरा नगरपालिका-९ गोठाटार स्थित सृजनासिल बाल सेवा परिवारमा एक हप्तासम्मलाई पुग्ने गरी खाजा तथा अन्य दैनिक उपभोग्य सामग्री (साबुन, सर्फ , मंजन आदी ) हस्तान्तरण सम्पन्न गरीयो । यस बाल सेवामा करिब ६ वर्ष उमेर देखि १८ वर्षसम्मका जना २८ बालबालिकालाई संरक्षण गरिराखिएको रहेछ।

२. आजै ललितपुर जिल्ला ललितपुर महानगर पालिका-१८ नक्खु स्थित Docs Foundation Nepal संस्थामा सूर्यमान सिंह कार्की प्रतिष्ठानको राहतका कार्यक्रम अन्तर्गत १५ दिन लाई पुग्ने गरी खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री वितरण/हस्तान्तरण गरियो ।यस संस्थामा ३८ जना असाहाय बालबालिकालाई आश्रय दिईएको रहेछ।

मिति २०७७वैशख ४ गते देखि आज २०७७ वैशाख १८ गतेसम्म काठमाडौं,भक्तपुर, ललितपुरका विभिन्न स्थानमा सूर्यमान सिंह कार्की प्रतिष्ठानसंग जोडिएका लामाकार्की बन्धु बान्धव , दिदी,बहिनी,भान्जा भान्जी को सहयोग बाट परोपकारी खाद्य सामग्री राहतस्वरूप वितरण गरिएको हुदाँ प्रतिष्ठानका तर्फबाट उहाँहरू सबै सहयोगी मनलाई हार्दिक आभार व्यक्त धन्यवाद ज्ञापन गर्दछौँ ‌।

सूर्यमान सिंह कार्की प्रतिष्ठान
२०६२ काठमाडौँ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ