सूर्य सूर्यमान सिंह कार्की प्रतिष्ठानको दोस्रो चरणको राहत वितरण -:२०७७/१/६, शनिबार

0
93104594_2771293502954803_8732223766140026880_o

आज सूर्यमान सिंह कार्की प्रतिष्ठानको कोरोना राहत कोषबाट राहत सामग्री हस्तान्तरण गर्ने कार्य प्रतिष्ठानका प्रतिनिधि महेन्द्र कुमार कार्की,जनक कुमार कार्की र दिल बहादुर कार्की बाट देहाय का स्थानमा राहत सामग्री हस्तान्तरण कार्य सम्पन्न भयो।त्यस अवसरमा इन्द्रेणी सांस्कृतिक कार्यक्रमका संचालक श्री कृष्ण कँडेलको पनी उपस्थिति रहेको थियो । यो कार्यक्रम भोलि आइतबार ABC News बाट ६ देखी ६.१५ मा प्रसारण हुनेछ ।

१. काठमाण्डौं महानगरपालिका वडा नं १५ स्वयम्भूमा वडा कार्यालयले ५०० (पाँच सय)जान भन्दा बढी असाहय व्यक्तिहरू लाई निशुल्क भोजन गराईएको ठाउँमा अत्यावश्यक परेका सामानहरू (प्लास्टिकका प्लेट १,५०० थान र प्लाष्टिक ग्लास २,००० थान) राहत हस्तान्तरण गरियो ।

२.ललितपुरको हत्ती वन स्थित मानव सेवा आश्रममा रहेका ५५ (पचपन्न) जना मानसिक रोगका बिरामीहरूले अत्यावश्यक विभिन्न प्रकारका औषधिहरू खान नपाइ रहेको अवस्था देखिएको हुँदा एक महिना लाई पुग्ने गरी विभिन्न प्रकारका औषधिहरू राहत स्वरुप हस्तान्तरण गरियो।

प्रल्हादबहादुर कार्की
अध्यक्ष
सूर्य सूर्यमान सिंह कार्की प्रतिष्ठान
२०६२ काठमाडौं

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ