सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा कोरोनाका पिडितलाई छटौ चरणको राहत -: २०७७/०१/२३

0
95702271_2810984628985690_1275011696661889024_o

सूर्यमान सिंह कार्की प्रतिष्ठानबाट छैटौं चरणको राहत सामग्री वितरण कार्यक्रम अन्तर्गत सूर्यमान सिंह कार्की प्रतिष्ठानका प्रतिनिधिहरू प्रल्हादबहादुर कार्की,राजेन्द्र कुमार कार्की, महेन्द्र कुमार कार्की, मोहन कुमार कार्की, चण्डी कुमार कार्की, दिलबहादुर कार्की र जनक कुमार कार्की द्वारा काठमाडौं जिल्लाको कपन सरस्वती नगर स्थित सूर्यमान सिंह कार्की प्रतिष्ठानका साधारण सदस्य नरेश कुमार कार्कीकी धर्मपत्नी ननिता कार्की द्वारा संचालित सुभश्री बाल आश्राममा यस प्रतिष्ठानले करीब एक महिना जतिलाई पुग्ने गरी चामल, दाल,तेल र खाजा मा प्रयोग हुने विभिन्न खाद्य सामग्री सहित अन्य दैनिक उपभोग्य सामग्री (साबुन, सर्फ , मंजन आदी ) राहत सामग्री वितरण / हस्तान्तरण गरियो र उक्त आश्रममा करिब २६ / २७जना बालबालिकहरु संरक्षण गरिराखेको मा केटाहरु र केटीहरु छुट्टा छुट्टै गरी दुई ठाउँमा आश्रम संचालन गर्ने व्यवस्था मिलाईयेको रहेछ ।

सम्पर्क = 9851000595 (अध्यक्ष,ननिता कार्की)
सुभश्री बाल आश्राम

मिति २०७७ वैशख ४ गते देखि आज २०७७ वैशाख २३ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न दश स्थानमा सूर्यमान सिंह कार्की प्रतिष्ठान द्वारा राहत सामग्री वितरण कार्य संपन्न गरिसकेको पनी जानकारी गराउदछौ । यस प्रतिष्ठानको राहत कोष अन्तर्गत दाताहरुको स्वघोषित सहयोग रकम लाई यथासक्य छिटो छरितो ढंगले E sewa, Online Banking अथवा अन्य माध्यमबाट उपलब्ध गराई राहत वितरण कार्यलाई सहज़ गराउनु हुन समेत अनुरोध गरिन्छ।

सूर्यमान सिंह कार्की प्रतिष्ठान
२०६२ काठमाडौँ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ