सूर्यमान सिंह कार्की प्रतिष्ठानद्वारा कोरोनाका पिडितलाई चौथौ चरणको राहत -: २०७७/०१/१६

0
94751357_2795301137220706_5641760123949940736_o

आज मिति २०७७ साल बैशाख १६ गते (Tue,28th April,20)का दिन सूर्यमान सिंह कार्की प्रतिष्ठान बाट चौथो चरण को राहत सामग्री वितरण कार्यक्रम अन्तर्गत भक्तपुरको कौशलटारमा रहेकाे मानव सेवा आश्रमको शाखामा राहत बितरणकाे कार्यक्रम अंतर्गत प्रतिष्ठानका प्रतिनिधी राजेन्द्र कुमार कार्की, महेन्द्र कुमार कार्की र जनक कुमार कार्की द्वारा राहत खाद्य सामग्री हस्तान्तरण सम्पन्न गरीयो । यस आश्रमा ५८ जना बृद्ध बृद्धाहरु रहनु भयेको छ र याहा बिहान बेलुकी गरेर करीब ६०० जना आश्रम भित्रका, बहिरका गरीब पीड़ित र पैदल यात्रा गर्दै गंतव्य तीर लागेका यात्रुहरु र बिभिन्न हस्पिटलमा भएका बिरामीका कुरुवाहरु लाई हरेक दिन भोजन गराउने गरियेको रहेछ । उक्त आश्रममा दुई छाक खान पुग्ने गरी चामल, दाल, तेल, मसला र सब्जी लगायतका आवश्यक खाद्य सामाग्रीका साथै ६०० थान प्लाष्टिकका प्लेटहरु पनि प्रतिष्ठानबाट हस्तान्तरण गरियो।यसै सन्दर्भमा आजै ललितपुर जिल्लाको नक्खु स्थित अर्को एउटा संस्था Docs Foundation Nepal को समेत अबलोकन पनि गरिएको छ , जहाँ ३८ जना असाहाय बालबालिकालाई आश्रय दिईएको छ र त्यस्का ’boutमा आवश्यक व्यवस्था गरेर एक दुई दिनमा अवस्यक राहत सामाग्री वितरण गरिने जानकारी गराइन्छ ।

सूर्यमान सिंह कार्की प्रतिष्ठान
२०६२ काठमाडौं

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ